site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बैठकले राम्रो सन्देश गएन, सभापति र महामन्त्रीबीच द्वन्द्व बढायो : केसी 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले जारी केन्द्रीय समिति बैठकले सन्देश राम्रो नदिएको बताएका छन् ।

शुक्रबारको बैठकमा बोल्दै केसीले सभापति र महामन्त्रीबीच द्वन्द्व बढाएको टिप्पणी गरे । 

“यो बैठकको सन्देश राम्रो गएको छैन । सभापति र महामन्त्रीको द्वन्द्व बढाउने काम भयो ठिक ढंगले भएन,” उनले भने, “सभापतिको नेतृत्वमा हिजो हामी जुन–जुन टिमबाट लडे पनि आजको बहसमा हेर्नुपर्दा महामन्त्री एउटा क्याम्पमा सभापति एउटा क्याम्पमा जस्तो देखिन्छ । यही हो ? हाम्रो एजेन्डा यही हो ?” 

उनले सभापति सरकारबाट बाहिरिने र कांग्रेस भित्रने फ्याक्टर कुन हो भन्ने प्रश्न समेत गरे । “सभापति बाहिरिने कांग्रेस भित्रिने, कुन फ्याक्टर हो जसले सभापतिलाई प्रधानमन्त्री बन्न दिएन । राष्ट्रपति र प्रदेशमा कांग्रेस भयो, भोलि प्रधानमन्त्री पनि यहीँ पार्टीबाट बन्ने अवस्था आउँछ ? यो कुरा कांग्रेसले सोच्ने कि नसोच्ने ?,” उनको प्रश्न छ ।

उनले कांग्रेसको संगठनको अवस्थाप्रति चिन्ता व्यक्त गरे । “पार्टी संगठनको अवस्था कस्तो छ ? भातृ संस्था जिल्ला–जिल्ला प्रदेश संगठनको कुरा हामी सबैलाई थाहा छ हामी सन्तुष्ट छौँ,” उनी भन्छन्, “जिल्लाको ग्राउण्ड रियालिटीमा सन्तुष्ट छौँ हामी ? आत्मालाई साक्षी राखेर भनौं । सन्तुष्ट छैन ।”
 

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्