site stats
बाह्रखरी :: Baahrakhari
देश
घर जान लागेका थिए सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिक
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । फाइल तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा जोडिएका एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

गोप्य सूचनाका आधारमा अध्यागन विभागले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरेको हो । उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।

अध्यागन विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार चुवान चीन जान लागेका थिए ।

“प्रहरीले हामीलाई चिनियाँ नागरिक सुन तस्करी प्रकरणमा जोडिएको र उनी चीन जान लागेको जानकारी दिएको थियो । सोही सूचनाका आधारमा चिनियाँ नागरिक लिङ चुवानलाई विमानस्थलबाट पक्राउ गरिएको हो,” उनले भने, “हामीले उनलाई राजस्व विभागको जिम्मा लगाएका छौँ ।”

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्