site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
डा. शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समितिमा माग 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा डा. शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग भएको छ । 

बैठकको तेस्रो दिन बिहीबार केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले डा. शेखरलाई वरिष्ठ नेता बनाउन माग गरेका हुन् । 

“हाम्रो वरिष्ठ नेता राष्ट्रपति निर्वाचित हुनुभयो,” उनले भने, “डा. शेखर कोइरालालाई त्यसमा राखे पार्टीलाई बल पुग्छ । समझदारी सहकार्यकोे अवस्था हुन्छ कि भन्ने लाग्छ,” उनले भने ।
 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्