site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बैठकमा सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिन आग्रह

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्रीहरू जिम्मेवारीविहीन भएको भन्दै आवाज उठेको छ ।

विधानले सहमहामन्त्रीहरूलाई जिम्मेवारी नदिएको केन्द्रीय सदस्यले आवाज उठाएका छन् ।

केन्द्रीय सदस्य गोमाकुमारी भट्टराईले आठै महामन्त्रीलाई प्रदेशको जिम्मेवारी दिन आग्रह गरिन् । उनले सहमहामन्त्रीहरूलाई पनि जिम्मेवार बनाउन आग्रह गरिन् ।

“सहमहामन्त्रीलाई जिम्मेवारी दिनुपर्छ । विधानमा दिएको रहनेछ,” उनले भनिन्, “सातै प्रदेशमा खटाउने र एकजनालाई अनुगमनमा लगाउनुपर्छ उहाँहरूलाई जिम्मेवारी दिनुपर्छ भनेको ठानेको छु ।”

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्