site stats
बाह्रखरी :: Baahrakhari
देश
अनामनगरको भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो । 

सदनले बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालयसहितका संरचना बनाएको छ ।

यसअघि महानगरपालिकाले सदनलाई तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:४४
प्रतिक्रिया दिनुहोस्