site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्री श्रेष्ठ भन्छन्– अनुसन्धानमा हस्तक्षेप गर्दैनौँ, दोषीलाई कारबाही हुन्छ  
फाइल तस्बिर

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् । दोषीलाई कारबाही हुने भन्दै उनले प्रहरीलाई कुनै दबाब नदिएको दाबी गरे । 

चितवनको भरतपुरमा आज पत्रकारसँग मन्त्री श्रेष्ठले निर्दोष फस्ने र दोषी उम्किने अवस्था आउन नदिन आफू सचेत रहेको बताए । “तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ,” उनले भने, “कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने छन् ।” 

गृहमन्त्री श्रेष्ठले मिटरव्याज पीडितले न्याय पाउने दोहोर्याए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्