site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसको सचिवालय बैठक आज पनि बस्दै 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्दै छ । बैठक भोलि पनि बस्नेछ । 

कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको हिजोको बैठकमा उपाध्यक्ष राजेन्द्र पाण्डेसहित बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, जयन्ती राई, रामचन्द्र झाले आफ्नो धारणा राखेको उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

बैठकका लागि सात वटा एजेन्डा रहेका छन् । 

यी हुन् एजेन्डा 
क) संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी 

ख) वर्तमान र हाम्रा कार्यभार : सबैबाट विचारहरूको प्रस्तुति   

ग) आगामी कामको विस्तृत योजना 
अ) कामको उद्देश्य 
आ) प्राथमिकता कार्ययोजना 

घ) कार्यविभाजन 

ङ) कमिटीमा समायोजन तथा थपघट

च) जनसंगठन युवा र विद्यार्थी 

छ) विभागहरूको कामको व्यवस्थापन 
अ) सबै विभागको काम
 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्