site stats
बाह्रखरी :: Baahrakhari
देश
सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा भारी वर्षा मापन

काठमाडौं । सिन्धुली जिल्ला आसपास भारी वर्षा मापन गरिएको छ ।

सिन्धुलीको मरिन, रानिबास र आसपासको क्षेत्रमा हाल भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा जलसतह बढ्ने, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको महाशाखाको पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  २३:०८
प्रतिक्रिया दिनुहोस्