site stats
बाह्रखरी :: Baahrakhari
खेल
पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टिम र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

बंगलादेशको ढाकास्थित विरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।

मैत्रीपूर्ण फुटबलका लागि हाल बंगलादेश भ्रमणमा रहेको नेपाली महिला टिमले त्यहाँ घरेलु टिमसँग दुई खेल खेल्नेछ । नेपालले चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

यी दुई टिमबीचको दोस्रो खेल आइतबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:१०
प्रतिक्रिया दिनुहोस्