site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युवालाई स्वदेशमै राख्न नयाँ उपायको खोजी आवश्यक : बद्री पाण्डे
फाइल तस्बिर ।

काठाडौं । नेपाली कांग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्न युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पाण्डेले खेलकुद मन्त्रालयको बजेट घटेर आएको तर युवाहरूलाई सिर्जनशील बनाउने कुरा देशमा डरलाग्दो स्थिति रहेको तर्क गरे ।

उनले खेलकुद र युवा क्षेत्रमा निजी र सहकारीलगायतका अन्य क्षेत्रहरूले पनि युवा उद्यमशीलताको क्षेत्रमा र खेलकुद क्षेत्रलाई माथि उठाउन कुनै साझेदारीको कार्यक्रम गर्न जरुरी रहेको बताए ।

"अहिले बजेट घटेर आएको छ, यसैपनि मन्त्रालयको आकारमा त बजेट निकै घटेर आएको छ । अहिले पनि हामीलाई डरलाग्दो अवस्था छ, अझैपनि हामी माथि उठ्नुपर्ने र फोकस हुनुपर्ने, जुन मन्त्रालय हो, जुन मन्त्रालय हाम्रा लागि सामरिकी हुन सक्थ्यो, एउटा रणनीतिक क्षेत्र हुनसक्थ्यो, खेलकुद क्षेत्र," उनले भने ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्