site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितानिवास जग्गा प्रकरणमा थप एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज थप एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पौडेललाई काठमाडौंको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

ललिता निवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ । रासस

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २२:३२
प्रतिक्रिया दिनुहोस्