site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सीता दाहालको शव पशुपति आर्यघाट पुर्‍याइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको पार्थिव शरीर पशुपति आर्यघाट पुर्‍याइएको छ । 

दाहालको शव अन्त्येष्टिका लागि आर्यघाट लगिएको हो । उनको राजकीय सम्मानसहित अन्तेष्टि हुने छ ।

त्यसअघि उनको शव श्रद्धाञ्जलीका लागि माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।

उनको बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्