site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँ बस्तीस्थित पूर्वपश्चिम सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको रामेछाप नगरपालिका–८, घर भइ हाल चितवनको खैरेनी नगरपालिका–८ बस्ने वर्ष अन्दाजी ४५ को नरबहादुर थापा रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २३:१६
प्रतिक्रिया दिनुहोस्