site stats
बाह्रखरी :: Baahrakhari
देश
चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा
फाइल तस्बिर ।

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुख्यमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत चंखेली–२ स्थित खानेपानी ट्यांकीको निर्माणकार्य नसकिँदै काम सकिएको भनी फर्जी बिल भर्पाइ पेस गरिएको र सम्पूर्ण रकम निकासा गरी हिनामिना गरिएको आरोपपत्रमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

नगरिएको कामको समेत भुक्तानी दिई शाहीले ६ लाख ४८ हजार ७८६ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

शाहीविरुद्ध ६ लाख ४८ हजार ७८६ रुपैयाँबराबरको बिगो र कैद तथा बिगोबमोजिम जरिवाना माग गरिएको छ ।

सोही प्रकरणमा गाउँकार्यपालिकाका इन्जिनियर मानबहादुर ऐडी, प्राविधिक सहायक (सबइन्जिनियर) गोभधन बोहोरा, लेखापाल नविन रेग्मी, चंखेली–२ का तत्कालीन वडाध्यक्ष हरिहर उपाध्याय, उपभोक्ता समितिका अध्यक्ष गोपाल विश्वकर्मा, सचिव प्रयोगलाल जैसी र कोषाध्यक्ष नन्दादेवी देवकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:०१
प्रतिक्रिया दिनुहोस्