site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् बैठक अवरोध भएको भन्दै समाधान निकाल्न अध्यक्ष तिमिल्सिनाको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चारदिनदेखि संसद् बैठक अवरोध भएको भन्दै समाधान निकाल्न आग्रह गरेका छन् । 

आइतबारको राष्ट्रियसभा बैठकमा उनले सदन अवरोध भएकोमा सत्ता र प्रतिपक्षी दलको ध्यानाकर्षण गराउँदै समाधान निकाल्न अनुरोध गरेका हुन् । 

अध्यक्ष तिमलसिनाले आज बैठक सुरु हुनुअगावै १०ः४५ देखि बानेश्वरस्थित आफ्नै कार्यकक्षमा सबै दलका सचेतकज्यूहरुसँग अवरुद्ध संसद् बैठक सञ्चालनका लागि छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्