site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
मेसेन्जर डाउन : फोटो र भिडियो सेन्ड हुन छाड्यो

काठमाडौं । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् ।

केही प्रयोगकर्ताले फोटो र भिडियो दुवै पठाउन नमिलिरहेको बताएका छन् । नेपालसहित बेलायत, अमेरिकासहित विभिन्न देशका प्रयोगकर्ताले समस्या आएको जनाएका छन् ।  डाउन डिटेक्टरमा कयौं प्रयोगकर्ताले मेसेन्जरमा समस्या आएको भन्दै कमेन्ट पनि गरेका छन् ।

मेटाले बिहीबारमात्रै आफ्नो ट्विटरको प्रतिद्धन्द्धी एप थ्रेड्स सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्