site stats
बाह्रखरी :: Baahrakhari
खेल
गुल्सन झा भन्छन्– मैले एसईई दिएकै छैन, खै कसरी आयो

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडी गुल्सन झाको नाममा सामाजिक सञ्जालमा आइरहेको एसईईको नतिजा उनको नभएको खुलेको छ ।

शुक्रबार त्रिभुवन विमानस्थलमा झरेका गुल्सन आफैँले 'भाइरल नतिजा' आफ्नो नभएको बताएका हुन् । 

"मैले एसईई दिएकै छैन । खै कसरी आयो, थाहा भएन । सामाजिक सञ्जालमा आएको पोस्ट फेक हो," गुल्सनले भने ।

बिहीबार नतिजा आएपछि फेसबुकसहित सामाजिक सञ्जालमा गुल्सन ३.६५ जीपीए ल्याएर एसईईमा पास भएको दाबीसहितको पोस्ट भाइरल बनेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्