site stats
बाह्रखरी :: Baahrakhari
देश
सप्तरीका एक वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Argakhachi Cement Island Ad

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सबदुल मियाँविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

मियाँमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन भवनको अन्तिम किस्ता रकम भुक्तानीका लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीबाट ५० हजार रिसवत लिएको अभियोग लगाएको छ । 

मियाँलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो ५० हजार रुपैयाँ कायम गरी ऐनको दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिबाना सजाय गरिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्