site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईई नतिजा : कुन जीपीए ल्याउने विद्यार्थी कति ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । 

चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी भएकोमा सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थीको संख्या एक लाख २ हजार २९३ रहेको छ ।  जुन कुल विद्यार्थी संख्यको २१.०९ प्रतिशत हो । 

त्यसैगरी ०.८० देखि १.२ जीपीए ल्याउनेको संख्या दुई हजार २००, १.२ देखि १.६ सम्म ल्याउने ३८ हजार ७७०, १.६ देखि २ सम्म ल्याउने ८८ हजार ४४७ जना छन् । 

त्यस्तै, २.४० देखि २.८० जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ छ । ७२ हजार ३६२ जनाले २.८ देखि ३.२ जीपीए ल्याएका छन् । ३.२० देखि ३.६० जीपीए ल्याउनेको संख्या ५५ हजार ७९ रहेको छ । २२ हजार ४७५ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । 

१३ हजार ९९२ जनाले कुनै पनि जीपीए पाएका छैनन् ।

SEE (2)1688638561.jpg

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्