site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभा बैठक पनि भोलिसम्मका लागि स्थगित 

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधपछि भोलि दिउँसा ३ बजे बस्ने गरी बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक भारत गएको अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्ति देशहितविरुद्ध रहेको भन्दै एमालेले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेपछि आज बैठक बस्न सकेन ।

राष्ट्रिय सभा बैठक पनि भोलिसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १८:३६
प्रतिक्रिया दिनुहोस्