site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बिहानैदेखि वर्षा, दिउँसो के हुन्छ ?
फाइल तस्बिर

काठमाडौं । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौंका धेरै स्थानमा वर्षा भइरहेको छ । 

“काठमाडौंमा वर्षा भइरहेको छ । बिहान वर्षा भए पनि दिउँसो केही खुल्छ,” मौसमविद् वरुण पौडेल भन्छन्, “दिउँसो पानी नपर्ने भन्दैमा घाम लाग्ने भने हुँदैन ।” बादल लाग्ने र बदली भइरहने उनको भनाइ छ । बिहानको तुलनामा दिउँसो मौसम केही खुल्ने उनी बताउँछन् । 

Argakhachi Cement Island Ad

आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।  

बिहानैदेखि वर्षा, जनजीवन प्रभावित हुनसक्ने

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्