site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले पाँचवटा सडकखण्ड अवरुद्ध, १३ वटा एकतर्फी सञ्चालन
प्रतीकात्मक तस्बिर

काठमाडौं । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ । 

कोसी राजमार्गको हाइटार, संखुवासभामा सवारी आवगम अवरुद्ध भएको छ । पाँचथरको तमोर करिडोरको माझीटार–हेवाखोलामा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।  

तानसेन–रिडी–कोरला राजमार्गको नौनी बगर, तातोपानी क्षेत्रमा तथा डुम्रे–बेशीसहर–चामे सडकखण्डको मनाङमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ । 

विभागका अनुसार एकतर्फी अवरुद्ध भएका सडकको संख्या १३ छ । अवरुद्ध भएर खुलेका सडकको संख्या ५४ रहेको सडक विभागले जनाएको छ । 

यो वर्ष हालसम्म ७२ वटा सडकखण्ड अवरुद्ध भइसकेका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  ०६:३८
प्रतिक्रिया दिनुहोस्