site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बेपत्ता र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्त थप्ने निर्णय गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

“बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि संवत् २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय भयो,” शर्माले भनिन् ।

यस्तै, बैठकले निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १७:५८
प्रतिक्रिया दिनुहोस्