site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा गोलीकाण्ड : चारजनाको मृत्यु, दुई घाइते

काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फिया सहरमा सोमबार गोली हानी चारजनाको हत्या गरिएको प्रहरीले जनाएको छ । घटनामा दुई र १३ वर्षका दुई बालबालिका घाइते भएका छन् ।

मृत्यु हुनेमा सबै पुरुष रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने संदिग्ध बन्दुकधारीलाई हिरासतमा राखिएको र ती व्यक्तिको साथबाट राइफल र ह्यान्डगन बरामद गरिएको छ ।

ती व्यक्तिले बुलेटप्रुफ भेस्ट लगाएको प्रहरीले जनाएको छ । जुलाई ४ अर्थात् मंगलबार अमेरिकाले मनाउने स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा यो घटना भएको हो ।

यसअघि, आइतबार मेरिल्यान्डको बाल्टिमोरमा भएको गोलबारीमा दुईजनाको मृत्यु भएको थियो भने २८ जना घाइते भएका थिए । बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १०:५४
प्रतिक्रिया दिनुहोस्