site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडक झन्डै १८ घण्टापछि सञ्चालनमा
तस्बिर : सडक डिभिजन कार्यालय भरतपुर ।

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । गए रातिदेखि अवरुद्ध बनेको सडकखण्ड आइतबार बेलुका करिब ६ बजेदेखि दुवैतर्फ सञ्चालनमा आएकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सडक गए राति करिब १२ बजेदेखि अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सम्पन्न भएपछि झन्डै १८ घण्टापछि सञ्चालनमा आएको हो । 

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्