site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो हुन दिन्नँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो संकल्प रहेको बताएका छन् । 

आइतबार बिहान इन्ट्रा नेसनल वेलफेयर एण्ड सर्पोट फाउन्डेसनद्वारा काठमाडौंमा आयोजित विश्वभरिका नेपाली प्रतिभाहरूसँगको भेटघाटमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । 

Argakhachi Cement Island Ad

उनले भने, “मैले भनेको थिएँ यसपटक म कुनै नराम्रो काम गर्दिनँ, नराम्रो काम हुन दिन्नँ । जति गर्छु देश र जतालाई साक्षी राखेर राम्रो मात्र गर्छु, इतिहासले सम्झिने, आउने पुस्ताले सम्झिने केही ऐतिहासिक काम गर्छु ।” 

सो अवसरमा प्रधानमन्त्रीले देश निर्माणको अभियानमा बलियो साथ दिन युवा पुस्तालाई अपिलसमेत गरे । 
 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्