site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एड ब्लकर प्रयोग गर्नेले भिडियो हेर्न नमिल्ने बनाउँदै युट्युब

काठमाडौं । युट्युबले एड ब्लकर प्रयोग गर्ने प्रयोगकर्तालाई लक्षित नयाँ फिचर परिक्षण गरिरहेको छ ।

कम्पनीले विश्वभर एड ब्लकर प्रयोग गरिरहेका केही प्रयोगकर्तालाई एड (विज्ञापन) देखाउन अनुमति दिन या युट्युब प्रिमियम चलाउन भन्ने अप्सन दिने गरी यो फिचर परिक्षण गरिरहेको बताएको हो ।

एड ब्लकर प्रयोग गरिरहेका केही प्रयोगकर्ताले युट्युबले भिडियो चल्नबाट रोकिने भन्दै प्रष्ट देखाउन थालेको रिपोर्ट गरेका थिए ।

यसको पुष्टि गर्दै विज्ञापन देखिन रोक्ने एड ब्लकर डिटेक्ट गर्ने प्रविधि नयाँ कुरा नभएको गुगलका प्रवक्ता ओलुवा फालोदुनको भनाइ छ ।

प्रयोगकर्ताले निरन्तरररूपमा युट्युबलाई विज्ञापन देखाउन नदिएको खण्डमा भिडियो चल्नबाट रोक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्