site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीलाई रविको आग्रह– माछा र केराको आयात रोक्न सहयोग चाहियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग माछा र केराको आयात रोक्न सहयोग मागेका छन् । 

आज राष्ट्रिय धान दिवस मनाउन ओली र लामिछाने चितवन गएका छन् । 

Argakhachi Cement Island Ad

विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा लामिछानेले माछा र केरा आयातमा रोक लगाउने अभियान चलेको बताउँदै त्यसमा सहयोग गर्न ओलीसँग आग्रह गरेका हुन् ।

"माछा र केरा चाहिँ आयात विदेशको यहाँ ल्याउन पाइँदैन भनेर अभियान चलिरहेको छ । त्यसमा तपाईंहरूको मद्दत चाहिएको छ," उनले ओलीसँग भने । 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्