site stats
बाह्रखरी :: Baahrakhari
देश
रोल्पामा सिँचाइ पोखरीमा डुबेर बालकको मृत्यु
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । रोल्पामा सिँचाइको लागि खनेको पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–९, टुनिबोटका ओमस घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घर छेउको पोखरीमा खेल्ने क्रममा बिहीबार पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको रोल्पा प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्