site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रुसमा विद्रोह समर्थन गरेको भनिएका जनरल वाग्नरको भीआईपी सदस्य रहेको खुलासा

काठमाडौं । गत शनिबार रुसमा निजी सेना कम्पनी वाग्नर ग्रुपले गरेको विद्रोहको पक्ष लिएको भनिएका सेनाका जनरल सार्वजनिक स्थानबाट हराएका छन् ।

रुसको चेचन्या र सिरियाली युद्धमा आफ्नो भूमिकाले प्रशंसा पाएका जनरल सर्गेई सुरोभिकिनले विद्रोहलाई समर्थन गरेको आरोप लागेको थियो । उनी युक्रेनमा रुसको सैन्य कारबाहीका डेपुटीकमान्डर पनि हुन् ।

शनिबार भएको विद्रोहयता उनी सार्वजनिक स्थानबाट हराएका छन्, उनलाई रुसी अधिकारीहरूले अपहरण गरेको भनिएको छ ।

यसबीच सीएनएनले जनरल रोभिकिन वाग्नरका गोप्य भीआईपी सदस्य रहेको खुलासा भएको उल्लेख गरेको छ । जनरल रोभिकिन विद्रोहमा संलग्न भएको आरोप लगाइएको समेत बताइएको छ । 

सुरोभिकिनलाई विद्रोहबारे पहिले नै थाहा थियो कि भन्नेबारे जवाफ नदिएको न्यु योर्क टाइम्सले उल्लेख गरेको छ । यसैबीच वाल स्ट्रीट जर्नलले वाग्नरका मालिक येभगेनी प्रिगोजिनले दुई शीर्ष सैन्य अधिकारीलाई नियन्त्रणमा ल्याउने योजना बनाएको वाल स्ट्रिट जर्नलले उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्