site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश नियुक्ति गर्न बुधवार (आज) न्याय परिषद्को बैठक बस्दै छ । 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा आज न्यायाधीश नियुक्ति सम्बन्धी एजेण्डासहित परिषद्को बैठक बस्न लागेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । 

सोमबार बसेको परिषद्को बैठकले टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । 

सर्वोच्चमा ६ र उच्च अदालतमा ४१ न्यायाधीश पद रिक्त छन् ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्