site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ललिता निवास प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : मन्त्री शर्मा
फाइल तस्बिर।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ललिता निवास प्रकरणका दोषीहरुलाई उन्मुक्ति नदिइने बताएकी छन् । 

मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै मन्त्री शर्माले ललिता निवास प्रकरणका जोसुकै दोषीहरुलाई उन्मुक्ति नदिने बताएकी हुन् । 

शर्माले सरकार सुशासनको पक्षमा लाग्ने र भ्रष्टाचार अन्त्य गर्ने उद्देश्यका साथ अघि बढेको बताइन् । उनले ललिता निवास प्रकरणका दोषी देखिए कसैलाई नछोड्ने बताइन् ।

शर्माले अहिले सरकार ढल्नुपर्ने कुनै कारण नभएको भताइन् । सरकार ढल्ने कुरा अफवाह भएको उनले स्पष्ट पारिन् ।

यसअघि, आजै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले ललिता निवास प्रकरणमा सात जनालाई पक्राउ गरेको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित सातजनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा देउजा, शाह, मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र भूपेन्द्रमणि केसी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १८:२४
प्रतिक्रिया दिनुहोस्