site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् र संसदीय समिति छलेर मन्त्रीहरू बाहिर रमाउनु राम्रो होइन : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रीहरू संसद् र समितिका बैठकबाट तर्किने गरेको बताएका छन् ।

मंगलबार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले निर्देशन कार्यान्वयन गर्ने कार्यपालिका समितिको निर्देशन सुन्न नपरोस्, संसद्मा सकेसम्म जान नपरोस् भनेर तर्किने गरेको बताए ।

उनले समितिले दिएका निर्देशनहरू सकेसम्म कार्यान्वयन गर्न नपरोस् भन्ने प्रवृत्ति मन्त्रीहरूमा बढी हाबी हुने गरेको उल्लेख गरे ।

उनले सांसदहरू मन्त्री बनिसकेपछि संसदीय समितिमा आउने उत्सुकता हराउँदै जाने उल्लेख गरे । उनले संसद् र संसदीय समिति छलेर साना बाहिरी काममा रमाउने प्रवृत्ति संसदीय प्रणालीका लागि राम्रो नभएको बताए ।

 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्