site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको विधान अधिवेशन सकिँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आज सकिँदै छ । गएको आइतबारदेखि सुरु अधिवेशन सकाउन लागिएको हो ।

आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा उठाइएका प्रश्नहरूको अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताले जवाफ दिने कार्यक्रम छ ।

आइतबार अध्यक्ष यादवले प्रस्तुत गरेको मस्यौदा विधानमाथि हिजो १० समूहमा समूहगत छलफल गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्