site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरले ७५ वर्ष नाघेकालाई १२ हजार र पूर्ण अपांगता भएकालाई ३ हजार भत्ता दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ७५ वर्षमाथिका नागरिक र पूर्ण अपांगता भएका व्यक्तिलाई पोषण भत्ता दिने भएको छ । भत्ता लिनका लागि असार १७ गतेभित्र विवरण पठाउन महानगरले सूचित गरेको छ । 

७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार र पूर्ण अपांगता भएकालाई वार्षिक तीन हजार रुपैयाँ प्रदान गरिने महानगरले जनाएको छ । भत्ताका लाभग्राहीले आफ्नो आवश्यक कागजात वडा कार्यालयमा असार १७ गतेभित्र पठाउन महानगरले सूचित गरेको छ । 

कागजात पेस गरेसँगै लाभग्राहीले आफ्नो विवरणसहितको फर्म भर्नुपर्ने छ । भत्ताबापत रकम बैंकमार्फत मात्रै उपलब्ध गराइने छ । बैंक खाता नभएका नागरिकको खाता खोल्ने व्यवस्था वडा कार्यालयले नै मिलाउने छ । 

mahanagar1687773752.jpegmahanagar 21687773752.jpeg

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्