site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रदेशमा पहिचानमा आधारित पार्टी संरचना बनाउँदै जसपा
फाइल तस्बिर।

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा पहिचानमा आधारित प्रादेशिक संरचनाको प्रस्ताव गरिएको छ । आइतबारदेखि सुरु हुने विधान अधिवेशनमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने विधानको मस्यौदाको धारा– ५४ मा पहिचानमा आधारित प्रादेशिक संरचना रहने उल्लेख छ ।

पहिचानमा आधारित प्रादेशिक संरचनाको रूपमा पार्टीमा समितिहरू हुने उल्लेख छ । यस समितिले मूलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्ने प्रस्तावित विधान मस्यौदामा छ ।

मस्यौदामा भनिएको छ, “पहिचानमा आधारित प्रादेशिक संरचनाहरू लिम्बुवान, किराँत, मधेस, शेर्पालुङ, नेवाः, ताम्सालिङ, तमुवान, मगरात, थरुहट, खसान र शिल्पी÷दलित विशेष समिति हुनेछन् ।”

No description available.

पहिचानमा आधारित राष्ट्रिय समिति दुई वा दुईभन्दा बढी प्रदेशमा विभाजित भएमा राष्ट्रिय समन्वय समिति गठन गरिने मस्यौदामा उल्लेख छ । समन्वय समितिमा एकजना संयोजक तोकिने बताइएको छ ।

दुई वा दुईभन्दा बढी प्रदेशमा विभाजित पहिचानमा आधारित राष्ट्रिय समितिको कामलाई संयोजन गर्न तोकिएको इञ्चार्जले प्रदेश समितिहरूसँग समन्वय गरी अनुसूची– १२ बमोजिम पहिचानमा आधारित राष्ट्रिय समन्वय समिति गठन गर्ने मस्यौदामा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्