site stats
बाह्रखरी :: Baahrakhari
देश
किशोरीको बलात्कार आरोपमा काठमाडौंबाट एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । १६ वर्षीया किशोरीको बलात्कार आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार (हिजो) बिहान प्रहरीले पक्राउ गरेको हो ।

गएको सोमबार सिलवालले ती किशोरीको बलात्कार गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले सिलवाललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्