site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई हस्तान्तरण गर्छ : माधव सापकोटा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अहिलेको सत्ता गठबन्धन परिवर्तन हुने कुनै सम्भावना नरहेको बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले अहिले कांग्रेस र एमालेबीच तत्काल सत्ताको साझेदारी गर्ने तहको धरातल विकास नभएको जिकिर गरे । 

सापकोटाले एक चरण सरकारको नेतृत्व गरेपछि माओवादीले कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने पनि बताए ।

त्यस्तै, उनले समाजवादी मोर्चा एकाएक नभई धेरै अघिदेखि नै बहसमा रहेको भन्दै कांग्रेसका लागि समाजवादी मोर्चा 'सरप्राइज' नभएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्