site stats
बाह्रखरी :: Baahrakhari
खेल
मच्छिन्द्रले भुटानको पारो फुटबल क्लबलाई आतिथ्यता प्रदान गर्ने 

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता मच्छिन्द्र फुटबल क्लबले भुटानको पारो फुटबल क्लबलाई एएफसी कप छनोटको प्रारम्भिक चरणमा आतिथ्यता प्रदान गर्ने भएको छ ।

छनोटको प्रारम्भिक चरणमा मच्छिन्द्रले आउँदो अगस्ट ८ मा पारो क्लबसँग खेल्नेछ । एएफसी कपको छनोट लिग विजेताले खेल्न पाउने भए पनि ‘ए’ डिभिजन लिगको उपाधि जितेको चर्च ब्वाइज युनाइटेडसँग एएफसीको क्लब लाइसेन्स नभएकाले छनोट खेल्नबाट वञ्चित भएको हो । चर्चले नपाउने भएपछि एएफसीको लाइसेन्स रहेको लिग उपविजेता मच्छिन्द्रले मौका पाएको हो ।

पारो क्लब भुटानको शीर्ष डिभिजन लिग विजेता टिम हो । मच्छिन्द्रले पारो क्लबलाई आतिथ्यता प्रदान गर्ने भए पनि हालसम्म खेलमैदान तय गरिएको छैन ।

मच्छिन्द्रले गत वर्ष पनि छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको ब्लु स्टार क्लबलाई दशरथ रंगशालामा आतिथ्यता प्रदान गरेको थियो । उक्त खेलमा मच्छिन्द्रले ब्लु स्टारसँग २–० को हार व्यहोरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्