site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चामा रहेका दलको अस्तित्वको संकटमा छ : भट्टराई
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्तित्वको संकटमा रहेको बताएका छन् ।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी मोर्चा बनाएका नेकाप (माओवादी केन्द्र), जसपालगायत दलहरु अस्तित्वको संकटमा रहेको बताए । 

कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी केन्द्र पाँचदेखि आठ सिट र नेकपा (एकीकृत समाजवादी) शून्य सिटमा आउने अवस्था रहने उनले बताए । उनले समाजवादी मोर्चाको कुनै औचित्य नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे ।

भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने प्रौढहरुको क्लब भएको बताए । उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्