site stats
बाह्रखरी :: Baahrakhari
खेल
यू–१६ लिग डबल राउन्ड रोबिनमा भए मैदानको खर्च एन्फाले व्यहोर्नुपर्ने १० क्लबको निर्णय

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको यू–१६ लिग डबल राउन्ड रोबिन पद्दतिमा भए मैदानको तयारी खर्च एन्फाले नै व्यहोर्नुपर्ने निर्णय गरेका छन् ।

मंगलबार कुपन्डोलस्थित फ्रेन्ड्स क्लबको भवनमा बसेको बैठकले लिग डबल राउन्ड रोबिनमा भए मैदानको तयारी खर्च एन्फाले व्यहोर्ने अन्यथा एन्फाले प्रतिखेल २५ हजार रुपैयाँ दिनुपर्ने निर्णय गरिएको हो ।

क्लबहरूले पीसीएमए खेलाडी बिमा र खेलाडीको सम्पूर्ण औषधि उपचारको जिम्मा एन्फाको हुनुपर्ने र प्रतियोगिता नियमावली तथा खेलतालिकासम्बन्धी क्लबहरूसँग छलफलपछि मात्र लागु गर्नुपर्ने निर्णय गरेका छन् ।

बैठकमा फ्रेन्ड्स क्लब, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, संकटा क्लब, मनाङ–मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, हिमालयन शेर्पा क्लबका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्