site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मोर्चाबाट नआत्तिनुस्, हामी घुर्काउन चाहँदैनौँ : माधव नेपाल 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चाबाट नआत्तिन आग्रह गरेका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको बताए । उनले वामापन्थी शक्तिलाई मोर्चामा आउन आग्रह पनि गरे । 

“अरू पार्टीलाई पनि स्वागत छ । आउनुस् हातेमालो गरौँ । नआत्तिनुस् । नतर्सिनुस्,” उनले भने, “हामी तर्साउन चाहँदैनौँ । घुर्काउन पनि चाहँदैनौँ । हामीलाई मुकाबिला पनि गर्नुछैन ।”

उनले प्रतिगामीविरुद्ध भने सधैँ मुकाबिला हुने बताए । उनले पार्टीहरू मोर्चा बन्दैमा विलय हुने हो कि भन्ने भय नलिन पनि आग्रह गरे ।  “हाम्रो पार्टीमा पनि केही मान्छेलाई त्यस्तो परेछ । कतै अरू पार्टीले निलिहाल्ने हो कि भनेर । कसैले निल्नेवाला छैन । निलिनेवाला पनि छैनौँ,” नेपालले भने ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्