site stats
बाह्रखरी :: Baahrakhari
खेल
बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन आवश्यक : रमेश लेखक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरू सच्याउन आवश्यक रहेको बताएका छन् । 

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा उनले बजेट केन्द्रीकृत हुने गरेको भन्दै यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताए ।

उनले बजेट संघीयताअनुसार बनाउने विषयमा सबैले काम गर्नुपर्नेमा जोड दिए । उनले ससर्त अनुदान विषयगत बनाएर स्थानीय तहमा पठाउनुपर्ने बताए ।

संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको उनको भनाइ छ । 

 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्