site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नक्कली भुटानी शरणार्थी प्रकरण : जवाफी बहस सकियो, आजै थुनछेक आदेश 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलबाट जवाफी बहस सकिएको छ । 

बिहीबार अभियुक्ततर्फका वकिलको बहस सकिएपछि शुक्रबार सरकारी वकिल र जाहेरीवालातर्फको वकिलले जवाफी बहस गरेका हुन् । 

सरकारी वकिल कार्यालयका तर्फबाट अच्युत न्यौपाने, दिनेश भट्टराई, निर्मला मरासिनी, महेश खत्री, र लक्ष्मण घिमिरेले जवाफी बहस गरेका हुन् । 

उनीहरूले अभियुक्ततर्फका वकिलले उठाएइका कानुनी प्रश्नको जवाफ दिएका छन् । सरकारी वकिलपछि जाहेरीवालातर्फका वकिलले जवाफी बहस गर्दै आफ्नो पक्षको जाहेरी कानुनसम्मत भएको र प्रमाण पुर्‍याउने भार सरकारी पक्षको भएको भन्दै अभियुक्तलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् । अदालतले आजै थुनछेक आदेश दिने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्