site stats
बाह्रखरी :: Baahrakhari
देश
‘गर्भको लिंग पहिचान गर्न नपाइने’ सूचना अनिवार्य टाँस्न अस्पताल र ल्याबलाई निर्देशन

काठमाडौं । सरकारले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्न नपाइनेबारे सूचना अनिवार्य टाँस गर्न स्वास्थ्य संस्था तथा प्रयोगशालाहरूलाई निर्देशन दिएको छ । 

स्वास्थ्य लैंगिक अनुपातमा असमानता देखा पर्न लागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

सूचना स्वास्थ्य संस्था तथा प्रयोगशाला परिसरमा टाँस्नुपर्ने छ । सो सूचनामा गर्भमा रहेको भ्रूणको पहिचान हुने कार्य गर्न/गराउन नहुने र यसो गरेमा तीन महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यहोरा उल्लेख गर्नुपर्ने छ । 

मुलुकी अपराध संहिता २०७४ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा गर्भको लिंग पहिचानलाई दण्डनीय अपराधको रूपमा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्