site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारे : मन्त्री किराती
फाइल तस्बिर ।

काठमाडौं । संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकार सबैको अभिभावक भएको स्पष्ट पारेका छन् । सरकारमा रहेपछि जनताको आस्थालाई सम्मान गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु सरकारको दायित्व हुने बताएका हुन् ।

उनले ‘सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले देश बिगारेको’ टिप्पणी पनि गरेका छन् ।

“सवाल धर्म मान्ने वा नमान्ने कुरा हुँदै होइन, जनताको आस्थालाई सम्मान गर्नु हो । सरकार सबैको अभिभावक हो । यो भूमिकामा रहँदा देशको धार्मिक, सांस्कृतिक र पुरातात्त्विक सम्पदाको रक्षा गर्नु उसको दायित्व हो,” मन्त्री किरातीले फेसबुकमा लेखेका छन्, “देश आमजनताले बिगारेको होइन, बरु सिद्धान्तको रक्सी पिएर जडसूत्रवादी रटान गर्नेहरूले पो बिगारेको रहेछ । तपाईंलाई कस्तो लाग्छ ? जहाँ जनता छ तिमी त्यहीँ जाऊ – लेनिन ।”

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्