site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सूर्यनारायण एच पेलिसको गजल 

बाँझो बिराको खेती गर्नु
चिरा चिराको खेती गर्नु

सुन हिराको तस्करी नाइँ
बरु मदिराको खेती गर्नु

कति कुराको खेती गर्नु
बरु किराको खेती गर्नु

जिन्समा ओपेरा नठाँटीनु 
बरु जिराको खेती गर्नु

देश खाने किरा हुनुभन्दा
बरु अकिराको खेती गर्नु

(म्याग्दे–६, तनहुँ)

प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्