site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाडौंमा आजदेखि सुरु भएको हिमालयन ट्राभल मार्टको चौथो संस्करणको उद्घाटन गर्दै उनले सरकारको उच्च प्राथमिकतामा परेको पर्यटन क्षेत्रमा ढुक्कका साथ लागनी गर्न व्यवसायीलाई आग्रह गरे ।

Argakhachi Cement Island Ad

प्रधानमन्त्री प्रचण्डले पर्यटन पूर्वाधारमा लगानी गर्न विश्व समुदायलाई आह्वानसमेत गरे । उनले भने, “सरकारले पर्यटनलाई उच्च प्राथमिकतामा राखेको छ, कम लागतमा बढी प्रतिफल दिने तुलनात्मक लाभको क्षेत्र पनि पर्यटन भएकाले ढुक्कका साथ लगानी गर्न आग्रह गर्दछु, त्यसका लागि सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।”

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, मनोरम हिमशृङ्खला तथा भाषा, कला, सम्पदा र संस्कृतिको महत्त्वपूर्ण गन्तव्यको रूपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले नेपालको पर्यटनलाई आर्थिक समृद्धिसँग जोडेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने धारणा राखे ।

सरकारले पर्यटकीय पूर्वाधार विस्तार र सेवा क्षेत्रको गुणस्तर अभिवृद्धिलाई पनि उच्च प्राथमिकता दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले नेपाललाई हिमालय प्रवेशद्वारको रूपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण मानिएको हिमालयन ट्राभल मार्टले नेपाललगायत हिमालय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि मार्ट प्रमुख मञ्च भएको बताए ।

देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरू सिर्जना गर्न प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले नेपाललाई जीवन्त अनुभवहरू प्रदान गर्ने एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

देशमा तीन तहको निर्वाचन सम्पन्न भई सरकार र राजनीतिक दलको ध्यान अर्थतन्त्रको विकासमा केन्द्रित रहेको भन्दै यसलाई थप मजबुद बनाउन पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्