site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बलात्कारको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

२२ वर्षीया महिलाको बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३५ वर्षीय कृष्ण तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनी नागार्जुन नगरपालिका–४, बाफलमा डेरा गरी बस्दै आएका थिए ।

‘पीडित’कै कोठामा बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्