site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नश्ल सुधारका लागि राँगा ल्याउने विषयमा भारतसँग मेरै पालामा कुरा भएको थियो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतसँग नश्ल सुधारका लागि राँगाका विषयमा आफ्नो पालामा कुरा राखिएको बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिले नै सहमति भएको रहेछ भनेपछि ओलीले आफ्नै पालामा कुरा गरिएको बताएका हुन् ।

“राँगा आयो । पहिले नै कुरा गरेको रहेछ । केपी ओलीको समयमा कुरा गरेको हो । नश्ल सुधारका कार्यक्रममा भारतले सहयोग गरोस् । गाई पालन, बाख्रा पालन विभिन्न कुरामा सहयोग गरोस्,” ओलीले भने ।

नश्ल सुधारका विषयमा अरुसँग पनि कुरा गरिएको बताए । उनले अहिले प्रधानमन्त्रीले राँगा ल्याएको भन्दै राम्रो भएको बताए ।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्